प्रधानमन्त्री ओलीले २ घन्टा छलफल गरे राष्ट्रपतिसँग
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवाद थप उत्कर्षमा पुगिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई घन्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 

शनिबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।

बालुवाटार स्रोतका अनुसार यो भेटमा पछिल्लो समय नेकपामा देखिएको विवादबारे पनि चर्चा भएको थियो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आरोपप्रत्यारोप चलिरहेको समयमा ओली र राष्ट्रपति भण्डारीबीच भएको यो भेटलाई निकै महत्वका साथ हेरिएको छ ।

पछिल्लो समय नेकपामा विवाद बढिरहँदा केहीअघि मात्र नेकपा उपाध्यक्ष वामदेव गौतमसँगको भेटमा राष्ट्रपति भण्डारीले नेकपा विवाद समाधान गर्न विशेष भूमिका खेल्न अनुरोधसमेत गरेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १९:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया