डा. केसीले भने– सरकारले मेरो उपचार गर्न पर्दैन, म आफैं गर्छु
फाइल तस्वीर ।

कोरोनाभाइरस संक्रमित वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् । उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् । 

शनिबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए ।

तर, डा. केसीले यसलाई अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका दिएको शुभकामनालाई धन्यवाद दिँदै उनले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक भएको भन्दै विपन्न नागरिकको खर्च व्यहोर्न सरकार लाग्नु पर्ने बताएका छन् ।

डा. केसीले १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र पालना गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १९:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया