नेपालमा कोरोनाभाइरसको प्रभाव प्रत्येक दिन बढ्दो छ । पछिल्ला दिनमा दैनिक एक दर्जनभन्दा बढीको कोरोनाभाइरसका कारण निधन भएको छ ।
शनिबार पनि नेपालमा कोरोनाभाइरसका कारण १५ जनाको निधन भएको छ ।
शनिबार कास्कीमा ४ जना, काठमाडौंमा ३ जना, ललितपुरमा ३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतमा एक एक जनाको निधन कोरोनाका कारण भएको हो ।
कास्कीमा पोखरा महानगरपालिका एक महिला र तीन पुरुषले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।
ललितपुरमा चाहिँ ८५ वर्षकी महिला, ९८ वर्षका पुरुष, ८४ वर्षकी महिलाको निधन भएको हो । त्यस्तै, काठमाडौंमा पनि ८३ र ८४ वर्षका दुई महिला र ८० वर्षका पुरुषको निधन भएको हो ।
सुनसरीमा शनिबार १९ वर्षकी युवतीले कोरोनाका कारण ज्यान गुमाएकी छिन् ।
स्याङ्जामा २४ वर्षका युवा, सिन्धुपाल्चोकमा ५८ वर्षका पुरुष, नुवकोटमा ७४ वर्षका पुरुष र सुर्खेतमा ६० वर्षका पुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।