आज गाईपूजा र गोरुपूजा

आज तिहार पर्व अन्तर्गत यमपञ्चकको तेस्रो दिन गाई गाई पूजा र गोवर्द्धन पूजा गरी मनाइँदै छ । यसपाली तिथीको घटबढका  कारण दुवै पर्व एकैदिन परेको हो । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ। 

गाईको दूध, गहुँत र गोबर पवित्र पवित्र मानिन्छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । 
   कार्तिक कृष्ण औसीका दिन मनाइँने गाईपूजा र कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइँने गोरुपूजा आज मनाउन लागिएको हो ।  नेवार समुदायका व्यक्तिहरुले आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार ७:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया