मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज, सबै रिपोर्ट नेगेटिभ
फाइल फोटो

कोरोना संक्रमणका कारण बिरामी भएर अस्पतालमा उपचाररत कलाकार मनोज गजुरेल डिस्चार्ज भएका छन् ।  आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको आइतबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएको र केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कनेछु उनले बताएका छन् । 

गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । 
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार ७:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया