दिपावलीमा यस्तो शुभकामना दिएपछि हिन्दुवादीहरू विराट कोहलीमाथि खनिए

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले दिपावलीको शुभकामनासँगै दिएको अभिव्यक्तिप्रति केही हिन्दुवादीहरु उनीमाथि खनिएका छन् । कोहलीले शुक्रबार दिउँसो आफ्नो ट्विटरमा १८ सेकेण्डको भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले दिपावली पर्वमा शुभकामना दिँदै केही सन्देश पनि दिएका छन्। 

विराटले उक्त भिडियो सन्देशमा भनेका छन् ‘मेरोतर्फबाट तपाई र तपाईको परिवारलाई धेरै–धेरै शुभकामना । तपाईहरुलाई यस दिपालवी पर्वले खुसी, शान्ति, समृद्धि र खुसी प्रदान गरोस् । यो याद राख्नुहोस् कि पटका नपड्काउँ । पर्यावरणको रक्षा गरौँ। यो शुभ अवसरमा एक साधारण दियो र मिठाइका साथ आफ्ना प्रियजनसँग घरमा बसेर मनाउँ । ईश्वरले तपाईहरु सबैको रक्षा गरुन् । ध्यान राखुन् ।’

उनको यस्तो सन्देशमा उनका समर्थकहरुले समर्थन जनाएका छन् । तर थुप्रै व्यक्तिहरुले उनको आलोचना पनि गरेका छन् । उनको भिडियो सन्देशमा प्रतिक्रिया दिने धेरैले विभिन्न प्रसंग जोड्दै आलोचना गरेका छन् । केहीले विराटको काम क्रिकेट खेल्ने मात्रै धएको र हिन्दुहरुको पर्वमा यो गर त्यो नगर भनेर सिकाउने काम नभएको भनेका छन्। 

केहीले विराटले आफ्नो जन्मदिनमा पटका पड्काउँदा पर्यावरण रक्षा हुने र दिपावलीमा पड्काउँदा विनाश हुने हो? भन्दै प्रश्न गरेका छन्। 

एक व्यक्तिले उनको विराटको ट्विटरमा प्रतिक्रिया दिँदै लेखेका छन् । ‘दिपावलीमा पटकाले प्रदूषण फैलाउँछ तर नयाँ वर्ष, क्रिसमस र रमजानमा चाँही पटकाले अक्सिजन छोड्छ !!’



कसैले यसो भनेका छन् ‘हाम्रो पर्व तिम्रो सोसियल क्याम्पियन गर्ने अवसर नरहेकाले यसमा ज्ञान दिन बन्द गर् ’



क्रिकेट खेल्ले व्यक्तिले आफूलाई धार्मिक तथा हिन्दुको विचारक सम्झने गल्ली नगर्न पनि विराटलाई भनिएको छ। 

विराटका निजी गाडी र  विमानहरूले चाँही प्रदूषण फैलाउँछन् कि फैलाउँदैनन् ? भन्दै प्रश्न पनि गरेका छन्। 

एक व्यक्तिले क्रिकेट खेल्न मैदान बनाउँदा रुख काट्नु पर्ने भएकाले वातावरण विनाश हुने तर्क पनि गरेका छन्। 
 
एक व्यक्तिले लेखेका छन्ः
‘मेरा पर्वहरु तिम्रो लेक्चर दिने कक्षा होइन् । मेरा पर्वहरु तिम्रो अभ्यास गर्ने प्रयोगशाला होइन् । मेरा पर्वहरु तिम्रो असफल प्रशासनको असफलतामा दिइने माफी होइन् । मेरा पर्वहरु तिम्रो पाखण्ड देखाउने दिन होइन । यस्ता तर्क बन्द गर ।’ 

दिपावली पटकाका पर्व नभए उज्यालो र वत्तीको पर्व भएकाले विराटको भनाइ ठीक भएको भन्दै धेरैले उनको समर्थन पनि गरेका छन्। 
 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार १०:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया