राँगोको आक्रमणबाट एक जनाको मृत्यु
फाइल फोटो

सुदूरपश्चिमको डोटी जिल्लामा राँगोको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको हो । 

शनिबार राँगोले हान्दा  राँगाले हान्दा उहाँको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । घाइते रहेका साउदको दिपाय स्थित  शैलेश्वरी अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार १०:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया