कोरोनाभाइरसः विश्वभर १३ लाखभन्दा बढीको मृत्यु

गत वर्ष डिसेम्बरमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस अब विश्वका लागि ठूलो कहर भइसकेको छ । 

विश्वभर कोरोनाभाइरसका कारण अहिलेसम्म १३ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । 

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार विश्वभर ५ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण भइसकेको छ । र, यो महामारीका कारण अब १३ लाख ९ हजार ७ सय १३ जनाले ज्यान गुमाएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार पछिल्लो २४ घन्टामा मात्र विश्वभर ६ लाख ५७ हजार ३ सय १२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यो महामारी सुरु भएपछि विश्वमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमित शनिबार नै भेटिएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार १०:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया