कोरोनाभाइरसका कारण दार्चुलामा ३० वर्षीय युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहु गाउँपालिका २ का युवा रहेका छन् ।
उनलाई केही दिनअघि देखि श्वास फेर्नसमेत गाह्रो भएको थियो । श्वास फेर्न गाह्रो भएका ती युवालाई दार्चुला अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी लैजाँदा गर्दा बाटोमा निधन भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको स्वाब परीक्षण गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।