चितवनमा मकवानपुरका कोरोनाभाइरस संक्रमितको मृत्यु

मकवानपुरका एक कोरोनाभाइरस संक्रमितको चितवनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

हेटौंडाका उपमहानगरपालिका ४ का ५४ वर्षीय पुरुषको भरतपुरमा सोमबार दिउँसो निधन भएको हो । उनलाई सोमबार नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उनलाई यसअघि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको थियो । उनी अस्पतालमा आइसियूमा भर्ना भएर उपचार गरिरहेका थिए ।

आइतबार पनि मकवानपुरका ६० वर्षीय पुरुषको पनि चितवनमै निधन भएको हो ।





  • प्रकाशित मिति : मंसिर १, २०७७ साेमबार १७:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया