अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा सरकारका सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिकीहरुलाई भ्याक्सिन आउँदैमा सामाजिक दूरी राख्न छोड्न नहुँदै भन्दै चेतावनी दिएका छन् । कोरोनाबाट बच्न यसअघि ल्याइएका सबै स्वास्थ्य मापदण्ड गम्भीर भएर पालना गर्नु अहिलेको पनि आवश्यकता भएको उनले बताएका छन् ।
सिएनएनमा दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अब अहिले ९० प्रतिशत प्रभावकारी भनिएका भ्याक्सिन आउँदा खुसी हुन सकिन्छ, तर यसको अर्थ अहिले नै स्वास्थ्य मापदण्ड मनाउनु पर्दैन भन्ने होइन ।’
उनले अहिले नै मानिसहरुले अब भ्याक्सिन आउँछ भनेर बेवास्ता गर्न नहुने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।