पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवादले पार्टी एकता नै अप्ठ्यारोमा पारेको नेकपा नेता प्रदीपकुमार ज्ञवालीले ठहर गरेका छन् ।
परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले ट्विट गर्दै अहिले पार्टी एकता अप्ठ्यारोमा भएको तर एकताको रक्षा गर्ने प्रयास पनि जारी भएको बताएका छन् ।
‘आशा छ, संकटका बादलहरु हटेर जानेछन्,’ ज्ञवालीले ट्विट गरेका छन्, ‘कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ ।’
उनले अहिले सबै एउटै डुंगामा भएको र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुने भएकाले पनि नेतृत्व संयम हुनु पर्ने बताएका छन् ।
अनि ट्विटको अन्त्यमा लेखेका छन्– आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।
पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ।
— Pradeep Gyawali (@PradeepgyawaliK) November 16, 2020
आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।