महासचिव पौडेललाई साक्षी राखेर ओलीले भेटे नेपाल–गौतम
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिँदै गएको विवादलाई समाधान गर्ने हेतुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भेटघाटलाई तीव्र बनाएका छन् ।

उनले आइतबार मात्रै आफूसँग टाढिएका नेकपाका दुई नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेटेका थिए । भेटमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि उनीहरुसँगै थिए । 

यी दुवै भेट ओलीले छुट्टाछुट्टै गरेका थिए ।

भेटमा दुवै जनासँग अहिले पार्टीमा देखिएको विवाद समाधान गर्न समन्वयकारी भूमिका खेल्न उनले नेताहरुलाई अनुरोध गरेका थिए । स्रोतका अनुसार दुवै नेताले अहिलेलाई विवाद समाधान सचिवालय बैठकबाटै हुने जवाफ ओलीलाई दिए ।

गत शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनु पर्ने पनि ओलीको आग्रह थियो । तर, नेपाल र गौतम दुवैले त्यो राजनीतिक प्रस्ताव प्रचण्डको मात्र नभएर आफूहरु सबैको भएको बताएका थिए । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार ११:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया