गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको निधन

गोरखा अस्पतालमा एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पालुङटार नगरपालिका ७ का ८३ वर्षीय पुरुष रहेका छन् । उपचारको क्रममा उनको मंगलबार विहान ७ बजे निधन भएको अस्पतालले जनाएको छ ।

दुई साताअघि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनी २७ कार्तिकमा अस्पताल भर्ना भएका थिए । फोक्सोको क्यान्सरबाट समेत पीडित उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । 

योसँगै गोरखामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार ११:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया