विश्व अहिले कोरोना संक्रमणको महामारीसँग जुधिरहेको छ । विश्वमा कोरोना महामारीबाट कमभन्दा कम क्षति होस भन्दै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) लागिरहेको छ । यस महामारीमा डब्लुएचओले राम्रो भूमिका निर्वाह गर्न नसको भन्दै आलोचना पनि भइरहेको छ।
कोरोना महामारी सुरुभएदेखि हालसम्म डब्लुएचओका ६५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। डब्लुएचओ अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् ।
यसमध्ये ४९ जना पछिल्लो ८ हप्तामा संक्रमित बनेको डब्लुएचओले जनाएको छ। संक्रमित हुने सबैजना डब्लुएचओको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको अधिकारीहरुको भनाइ छ।
उनीहरु संगठनको कामको सिलसिलामा कोरोना संक्रमणमा परेको जानकारी दिइएको छ।
डब्लुएचओले सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार संक्रमण भएका भएका सबैको राम्रो उपचार गरिएको छ । उनीहरुको सम्पर्कमा आएका हरुलाई पनि परीक्षण गरी उपचारको व्यवस्था गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।