वुहानमा कोरोना रिपोर्टिङ गरेकी पत्रकारलाई चीनले दिँदै छ जेल सजाय

गत वर्ष डिसेम्बरमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसबारे रिपोर्टिङ गरेकी चीनको वुहानकी पत्रकारलाई अब त्यहाँको सरकारले पाँच वर्षे जेल सजाय दिने भएको छ । 

झाङ झानले मेमा कोरोनाबारे रिपोर्टहरु बनाएपछि प्रहरीले उनलाई पक्राउ परेको थियो । ३७ वर्षकी यी पत्रकार पहिले वकिल थिइन् ।

उनीमाथि समस्यालाई थप प्रोत्साहन गरेको आरोप लगाइएको छ । यस्तो आरोप चीनमा अन्य अभियानकर्ताहरुलाई पनि लगाउने गरिएको छ ।

कोरोनाभाइरसका कारण चीनमा पक्राउ पर्ने उनी पहिलो पत्रकार चाहिँ होइनन् । यसअघि फ्रेबुअरी र मेमा त्यहाँ तीन जना पत्रकारहरु हराएका छन् । तीमध्ये एक जना ली नामका पत्रकार अप्रिलमा आफू क्वारेन्टिनमा भएको भन्दै सार्वजनिक भएका थिए । 

त्यस्तै, सेन क्विसीलाई पनि चिनियाँ सरकारले नजरबन्दमा राखेको पछि प्रमाणित भएको थियो । त्यस्तै, अर्का पत्रकार फाङ बिनको अवस्था अहिलेसम्म अज्ञात छ ।

झाङ झान चाहिँ १४ मेदेखि हराइरहेकी थिइन् । त्यसको भोलिपल्ट उनी प्रहरी नजरबन्दमा रहेको र वुहानबाट ६ सय ४० किलोमिटर टाढा उनलाई लगिएको खुलेको थियो । 



१९ जुनमा उनलाई साङ्घाइमा पक्राउ गरिएको थियो । तीन महिनापछि ९ सेप्टेम्बरमा मात्र उनलाई उनको वकिलसँग भेट्न दिइएको थियो । आफ्नो पक्राउविरुद्ध उनले हिरासतमा नै भोक हड्ताल गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २०१९ को सेप्टेम्बरमा हङकङ आन्दोलनलाई समर्थन गरेको आरोपमा पनि उनलाई पक्राउ गरिएको थियो । यसपटक उनीविरुद्ध पाँच वर्षको जेल सजाय सुनाइएको छ ।



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १६:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया