ब्रिक्समा माेदीकाे सम्बाेधन: रुसी राष्ट्रपतिकाे प्रशंसा, चिनियाँ राष्ट्रपतिले हेरेनन् क्यामेरामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद अहिलेको विश्वको सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । 

१२ औं ब्रिक्स शिखर सम्मेलनमा भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै मोदीले यो बताएका हुन् ।

कोरोनाभाइरस महामारीका कारण अहिलेको ब्रिक्स सम्मेलन अनलाइन गरिएको थियो । ‘हामीले सुनिश्चित गर्नुपर्छ कि अहिलेको समस्या आतंकवाद हो र यसलाई सहायता गर्ने देश पनि दोषी हुन्,’ मोदीले बैठकमा भने ।

मोदीले कार्यक्रममा अन्तर्राष्ट्रिय संस्थाहरुमा अझ सुधार चाहिएको पनि बताएका छन् ।

मोदीले यो भाषणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारम्बार नाम लिएका थिए । उनको प्रशंसासमेत गरेका मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङको चाहिँ नाम पनि लिएनन् ।

जिनपिङले पनि सम्बोधनको क्रममा क्यामेरामा हेरेनन्, यता उता हेरिरहे ।



ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सहभागी छन् । सन् २०१० मा दक्षिण अफ्रिका सामेल भएपछि यसको नाम ब्रिक्स राखिएको हो । ब्रिक्सको पहिलो बैठक सन् २००९ मा गरिएको थियो ।



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १८:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया