पछिल्लो समय सत्तारुढ नेकपामा देखिएको विवादलाई समाधान निकाल्न आफू मन्त्री पद त्याग्न तयार भएको सूचना तथा सन्चारमन्त्री पार्वत गुरुङले बताएका छन् ।
कोरोनाभाइरस महामारीका कारण अहिले चारैतिर संकट देखिएको र प्रतिपक्षले पनि राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएको यो समयमा पार्टीभित्रै देखिएको विवादबारे गुरुङले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।
तर, आफू र आफूलगायतले मूल नेतृत्वका लागि पदसमेत त्याग्न तयार भएको उनले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर चिनिने गुरुङले अहिले पार्टी एकता कायम राख्न नेतृत्वलाई अनुरोध पनि गरेका छन् ।
उनले लेखेका छन्–
कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं । यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरुमा हार्दिक अनुरोध गर्दछु ।
कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध...
Posted by Parbat Gurung on Tuesday, 17 November 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।