कोरोनाभाइरसः मंगलबार नेपालमा १६ जनाको मृत्यु, काठमाडौंमा ५ जना सबै ४८ वर्षमाथिका

कोरोनाभाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार २ सय १५ जनाको निधन भइसकेको छ । पछिल्ला दिनमा नेपालमा कोरोनाभाइरसका कारण निधन हुनेको संख्या बढिरहेको छ । 

मंगलबार पिसिआर परीक्षण निकै कम गरिएकाले संक्रमितको संख्या ५ सयमा झरेको थियो । तर, मंगलबार पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ रहेको छ । 

मंगलबार सबैभन्दा धेरै काठमाडौंमा ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भक्तपुरमा २ जना, मकवानपुर, धादिङ, चितवन, मोरङ, बारा, पर्सा, गोरखा, बाँके र कन्चनपुरमा पनि एक–एक जनाको निधन मंगलबार नै कोरोनाभाइरसका कारण भएको छ । 

नेपालमा मंगलबार निधन हुनेहरु अधिकांश ७० वर्ष माथिका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा ८० वर्षकी एक महिला र ७२, ७३, ७२, ७३ वर्षका पुरुषको निधन भएको हो । उनीहरु सबैमा मधुमेहको समस्या पनि देखिएको थियो ।

मंगलबार भक्तपुरमा ७७ वर्षकी महिला, ८४ वर्षका पुरुषको पनि कोरोनाका कारण निधन भयो । त्यस्तै, मकवानपुर, धादिङ, चितवनमा क्रमशः ४८, ६४, ८१ वर्षका पुरुषले मंगलबार कोरोनाका कारण ज्यान गुमाए ।

मोरङ र पर्सामा ७५ र ६५ वर्षीया महिलाले कोरोनाका कारण मंगलबार ज्यान गुमाए ।



बारा, गोरखा, बाँके, कन्चनपुरमा क्रमशः ७६, ८३, ५८, ७४ वर्षका पुरुषले कोरोनाका कारण ज्यान गुमाए । उनीहरुमा दम, मधुमेह र फोक्सोको समस्या देखिएको थियो ।



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २१:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया