प्रचण्ड–राष्ट्रपति भेटपछि नेकपा सचिवालय बैठक ‘अनिश्चित’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद केही परसम्म धकेलिन भएको छ । नेकपाले बुधबारका लागि बोलाएको सचिवालय बैठक पनि अब हुने–नहुने अनिश्चित भएको छ । 

यसअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक सार्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सार्न अनुरोध गर्दै महासचिव विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार नै पठाएका थिए । 

तर, भेटमा प्रचण्डले अहिले आफूहरुले सचिवालय बैठक सार्न नसकिने बताएका थिए । 

मंगलबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका लागि प्रचण्ड शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपतिसँगको भेटपछि नेकपा सचिवालय बैठक सार्ने विषयमा प्रचण्ड समूह पनि सकारात्मक भएको स्रोतको दाबी छ । प्रचण्डनिकट नेकपाका एक केन्द्रीय सदस्यका अनुसार आवश्यक परामर्शका लागि भोलि गर्ने भनिएको बैठक केही दिनका लागि सार्न सकिने भएको छ ।

‘पार्टीमा विवाद मिलाउन सहज वातावरण बनाइदिनुहोस् भन्ने राष्ट्रपति भण्डारीको आग्रह रहेछ,’ ती नेताले मंगलबार अबेर राति फरकधारसँग कुरा गर्दै भने, ‘त्यसैले केही दिनका लागि सचिवालय बैठक सर्न सक्छ ।’

उनका अनुसार अब योबीचमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतीको प्रयास भने जारी रहनेछ । तर, यसबारे अहिलेसम्म प्रचण्ड पक्षका नेताहरुले औपचारिक रुपमा केही भनेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २१:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया