राष्ट्रपतिसँग २ घन्टा लामो भेटपछि फर्किएका प्रचण्डले भने– मैले बोलिनँ, सुनेँ
फाइल तस्वीर ।

मंगलबार साँझ राष्ट्रपति निवास शीतल निवास पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार फर्किएर त्यहाँ भएका विषयमा आफूनिकट नेताहरुलाई भेटबारे बताएका छन् ।

मंगलबार साँझ पौने ६ बजे राष्ट्रपति निवास पुगेका प्रचण्ड पौने आठ बजे त्यहाँबाट निस्किएका थिए । 

नेकपामा पछिल्लो समय देखिएको विवादको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्डबीच छलफल भएको स्रोतले फरकधारलाई बताएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले प्रचण्डलाई अहिले नेकपा एकतालाई कायम राख्नु पर्ने समय भएको र अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर प्रचण्ड अगाडि बढ्नु पर्ने सुझाएकी थिइन् । 

‘नेपालमा कम्युनिस्ट आन्दोलन, जन संघर्ष र जनआन्दोलन, अहिलेको पार्टीले निर्वाचनमा गरेका वाचाहरू बचाउन पनि अहिले मिलेर जानुको विकल्प छैन,’ राष्ट्रपति भण्डारीले प्रचण्डलाई भनेका कुरालाई स्रोतले फरकधारसँग उद्धृत गर्यो, ‘तपाईंहरु दुई अध्यक्ष मिलेर जानुहोस्, पार्टी र देशको भलो हुन्छ ।’

यता प्रचण्डले चाहिँ शीतल निवासबाट फर्किएर खुमलटार आएपछि आफूनिकट केही नेताहरुसँग फोन संवाद गरेका छन् । प्रचण्डनिकट एक नेताका अनुसार प्रचण्डले भेटमा आफू धेरै नबोलेको तर राष्ट्रपतिलाई सुनेको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २१:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया