डोनाल्ड ट्रम्पबारे के भने जो बाइडेनले ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि अमेरिकी निर्वाचनमा हार स्वीकार गरेका छैनन् ।

उनले केही दिनअघि एक ट्विट गर्दै आफूले निर्वाचन जितेको समेत दाबी गरेका थिए ।

उनले एक पटक डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेको त बताएका थिए तर उनले धाँधली गरेको आरोप पनि लगाएका थिए । 

यही विषयमा अब जो बाइडेनले एक पत्रकार सम्मेलनमा बोलेका छन् । 

उनले यसबारे एक पत्रकारले सोधेको प्रश्नमा भने, ‘यो ट्रम्पवाद हो ।’

उनले ट्रम्पको कार्यकालमा केही पनि नबदलिएकाले आफूलाई ट्रम्प निकै ठूलो दबाबमा परेको हुनसक्ने अनुमान भएको पनि बताएका छन् ।



‘मैले पछिल्लो समय विश्वभरका नेताहरुसँग फोनमा कुराकानी गरिरहेको छु,’ बाइडेनले भने, ‘उनीहरु कोही पनि ट्रम्प दोहोरिउन् भन्ने चाहन्नन् । तर, अहिले उनी जे गरिरहेका छन्, यो देशकै लागि लज्जाको विषय हो ।’



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २२:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया