बेलायतमा सन् २०३० बाट पेट्रोल र डिजेल गाडी किनबेच नहुने

बेलायतमा सन् २०३० बाट पेट्रोल र डिजेलबाट चल्ने नयाँ गाडीहरु किनबेच नहुने भएको छ । 

बेलायती सरकारले जलवायु परिवर्तन तथा परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ रोजगारी सिर्जना गर्नका लागि यो कदम उठाएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसलाई ‘हरित औद्योगिक क्रान्ति’को नाम दिएका छन् । यसको घोषणा आज बेलायतमा गरिने भएको छ । 

पर्यावरणको विषयमा चासो राख्ने र यसका लागि आन्दोलन गरिरहेकाहरुले यो योजनाले जलवायु परिवर्तनमा धेरै सुधार आउने भन्दै खुसी व्यक्त गरेका छन् । 

बेलायत सरकराले चाहिँ यो योजनाबाट बेलायतमा सन् २०५० सम्ममा कार्बन उत्सर्जन अन्त्य गर्ने लक्ष्य लिएको बताएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १२:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया