कोरोनाभाइरसः भारतमा फेरि बढ्यो दैनिक थपिने संक्रमित संख्या

भारतमा केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर घटिरहेको थियो । 

तर, अब फेरि भारतमा कोरोनाभाइरसका दैनिक थपिने कुल संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा भारतमा ३८ हजार नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यही समयमा त्यहाँ मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । 

यो समयमा भारतमा ९ लाख ३७ हजार कोरोनाभाइरस परीक्षण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ४६ हजार पुगेको छ ।

अनि त्यहाँ कोरोनाभाइरसका कारण एक लाख ३१ हजारले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १२:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया