राष्ट्रपतिसँग डेढ घन्टा छलफलपछि बालुवाटार फर्किए ओली
फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासबाट बालुवाटार फर्किएका छन् । 

बुधबार विहान राष्ट्रपति निवासमा पुगेका प्रधानमन्त्री ओलीले डेढ घन्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । मंगलबार साँझ पनि राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगेका ओलीले दुवै भेटमा पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेको स्रोतको दाबी छ । 

पछिल्ला केही दिन यता नेकपा विवाद उत्कर्षमा पुगेको समयमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीले बारम्बार भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाइएको नेकपा सचिवालय बैठकमा पनि सहभागिता जनाउने भएका छन् । उनले आजै २ बजेका लागि मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १२:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया