भारतीय मिडियाले लेखे– नेकपा विवादको फाइदा उठाइरहेछ चीन

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादलाई अब भारतीय मिडियाले पनि स्पेस दिन थालेका छन् । 

भारतीय मिडिया लाइभहिन्दुस्तानडटकमले नेकपामा पछिल्लो समय देखिएका विवादमा अब चीनले फाइदा उठाउन थालेको समेत टिप्पणी गरेको छ । स्रोतको हवाला दिँदै मंगलबार साँझ बालुवाटारमा चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको त्यहाँ प्रकाशित समाचारमा उल्लेख गरिएको छ । 

‘प्रधानमन्त्री ओलीसँग दुई घन्टा चिनियाँ राजदूतको कुरा भएको हो,’ लाइभहिन्दुस्तानले एक नेकपा सचिवालय सदस्यको भनाइलाई नाम नछाप्ने सर्तमा उनले भनेको भन्दै उद्धृत गरेको छ ।

यसलाई अहिले चीनले फाइदा उठाएको उल्लेख गर्दै समाचारमा चिनियाँ राजदूत हाउ यान्छीले पनि वार्ताबाट विवाद समाधान गर्न भनेको उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १२:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया