कोरोनाविरुद्ध चिनियाँ भ्याक्सिन पनि प्रभावकारी

चीनमा विकास गरिएको एक कोरोनाभाइरस भ्याक्सिन पनि अब प्रभावकारी हुन थालेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बिबिसीमा प्रकाशित समाचारअनुसार यो भ्याक्सिनको परीक्षणमा यसको प्रभावकारिता देखिएको हो । 

अहिले चीनमा एक दर्जनभन्दा बढी कोरोनाविरुद्धका भ्याक्सिनमाथि काम भइरहेको छ । यीमध्ये केही परीक्षणको चरणमा रहेका छन् भने केहीले राम्रो नतिजा दिइरहेका छन् । 

अनुसन्धानकर्ताहरुका अनुसार सिनोभाक बायोटेक कम्पनीले बनाएको भ्याक्सिनले अहिले पहिलो चरणमा ७ सय मानिसमा परीक्षण गरिएको थियो । यसले सकारात्मक नतिजा दिएको बताइएको छ । भ्याक्सिन दिइएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमतामा विकास भएको जनाइएको छ । 

यसअघि बेलायती कम्पनी फाइजर र अमेरिकी कम्पनीले मेडोर्नाले पनि कोरोनाविरुद्धको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भएको बताएका थिए ।

अन्य देशहरुमा जस्तै चीनमा पनि विभिन्न मेडिकल कम्पनीहरुले कोरोनाभाइरस भ्याक्सिनको विकासमा काम गरिरहेका थिए । यहीबीच सिनोभाक बायोटेकले बनाएको यो भ्याक्सिन पनि अब चर्चामा आएको हो ।

अब यी तीन भ्याक्सिनमाथि कोरोना नियन्त्रणमा प्रभावकारी हुने अपेक्षा राखिएको छ ।



यसअघि अप्रिल र मेमा गरिएको सिनोभाकको यो भ्याक्सिनको प्रभावकारिताबारे भने बाहिर कुनै रिपोर्ट ल्याइएको छैन । अहिले तेस्रो चरणमा काम भइरहे पनि यो भ्याक्सिनले कति समयसम्म काम गर्छ भन्ने जानकारी बाहिर आइसकेको छैन । तेस्रो चरणको परीक्षणको रिपोर्ट एनलाइसिस गर्न अझै बाँकी भएको बताइएको छ ।

योसँगै अब विश्वभर चार भ्याक्सिनमाथि विशेष नजरमा हेर्न थालिएको छ । युरोपेली कम्पनी फाइजर, अमेरिकी मेडोर्ना, रुसी कम्पनी र चिनियाँ कम्पनी सिनोभाकले आफ्ना भ्याक्सिनहरु प्रभावकारी भएको बताउन थालेका छन् ।



  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १३:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया