१० दिनपछि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक, ओलीले छुट्टै प्रस्ताव ल्याउने

बस्ने कि नबस्ने भन्ने विवादकाबीच बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनका लागि स्थगित भएको छ । 

थप गृहकार्य आवश्यक भएको भन्दै १० दिन स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

अर्काे बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पनि छुट्टै प्रस्ताव तयार गरी पेस गर्ने जानकारी सचिवालयलाई गराएको प्रवक्ता श्रेष्ठले बताए ।  अब १३ गते बस्ने बैठकमा यसअघि आएका प्रस्ताव र केपी ओलीले प्रस्तुत गर्ने प्रस्तावमा पनि छलफल हुने उनले जानकारी दिए ।

१८ गते स्थायी कमिटीको बैठक बोलाउने र १५ गतेका लागि सारिएको केन्द्रीय समितिको बैठक २५ गतेका लागि सार्ने निर्णय आजको सचिवालय बैठकमा गरिएको प्रवक्ता श्रेष्ठले बताए । 





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १५:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया