पार्टीले नै लिखित आरोप लगाएपछि ओलीलाई हटाउनै पर्छ : बाबुराम
फाइल फोटो

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीलाई जसरी पनि पदबाट हटाउनै पर्ने बताएका छन् । बुधबार साँझ ट्विटरमार्फत बाबुरामले यस्तो धारणा व्यक्त गरेका हुन्। 

नेकपाको पार्टी झगडा कसरी मिलाउने उनीहरुको कुरा भएपनि ओली सरकारका बारेमा उठेका सवालहरू  प्रतिपक्षी दल र जनताले उठाउनु पर्ने उनको भनाइ छ । 

‘ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ’ भट्टराईले भनेका छन् । 

पार्टीको विवादमा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने पनि उनले बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १७:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया