भारतको राजधानी नयाँ दिल्लीमा अब मास्क नलगाउनेले २ हजार भारतीय रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ ।
यसअघि दिल्ली सरकारले त्यहाँ मास्क नलगाउनेलाई ५ सय रुपैयाँ जरिवाना लगाएको थियो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । उनले दिल्लीमा प्राइभेट अस्पतालका ८० प्रतिशत शैय्या कोरोनाका लागि बुक गरिएको पनि जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।