के आयो सलमानको कोरोना रिपोर्ट ?

बलिउड अभिनेता सलमान खानका सवारी चालक तथा घरका दुई स्टाफमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनीहरुलाई कोरोना संक्रमण देखिए पछि सलमान खानको पनि कोरोना परीक्षण गरिएको थियो । 

तर, सलमान र उनको परिवारका सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । 

भारतीय मिडिया इटाइम्सका अनुसार सलमान र उनको परिवार अहिले आइसोलेसनमा बसिरहेका थिए । उनको परिवारमा सहयोगीहरुलाई कोरोना देखिएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । 

सलमानको रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि कार्यक्रमहरुको सुटिङमा व्यस्त हुन थालेका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १९:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया