जाडोमा हात  फुट्नबाट बचाउन
  • छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् ।
  • दूध र सुन्तलाको जुससँग मह मिसाएर पनि सुक्खा वा फुटेको छालामा लगाउन मोस्चराइचर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम गर्छ ।
  • जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले दैनिक सात–आठ गिलास पानी पिउनु आवश्यक हुन्छ ।
  • हात धुन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुस्, जसले हात सुक्खा हुन र फुट्नबाट बचाउँछ । साबुन किन्दा सधैँ ओलिभ आयल प्रयोग गरे÷नगरेको ख्याल गर्नुस् ।
  • हरेक बिहान तातो पानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ ।




  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार २०:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया