कोरोनाभाइरसः नेपालमा बिहीबार १९ जनाको मृत्यु, मृत्यु हुनेमा २९ देखि ८३ वर्षका

पछिल्ला दिन नेपालमा कोरोनाभाइरसका कारण हुने मृत्युको संख्या दिनहुँ बढिरहेको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाका कारण अब मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ । बिहीबार पनि नेपालमा १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार सबैभन्दा धेरै काठमाडौंमा ५ जनाको कोरोनाभाइरसका कारण निधन भयो । त्यसपछि कास्की र दाङमा ३–३ जनाको कोरोनाका कारण निधन भयो । सुनसरीमा २ जना र ललितपुर, धनुषा, गुल्मी, भक्तपुर, लमजुङ र स्याङ्जामा कोरोनाका कारण एक–एक जनाको मृत्यु बिहीबार भएको छ ।

काठमाडौंमा मृत्यु हुनेमा एक ७१ वर्षकी महिला रहेकी छिन् । अन्य चार जना ६८, ६८, ५१ र ६७ वर्षका पुरुष हुन् । उनीहरु अधिकांशलाई निमोनिया देखिएको थियो ।

बिहीबार कास्कीमा कोरोनाका कारण मृत्यु हुने सबै पोखरा महानगरपालिकाका हुन् र उनीहरु सबै महिला हुन् । ६०, ७४ र ८३ वर्षकी महिलाले बिहीबार कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

दाङमा बिहीबार ८१, ५६ र ७९ वर्षका पुरुषको कोरोनाका कारण निधन भएको हो ।



बिहीबार नै धरानमा २९ वर्षकी महिलाको मृत्यु भएको हो । उनी मिर्गौलासँग सम्बन्धित समस्याका कारण केही दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।



  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार २२:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया