कोरोनाभाइरसका कारण नेपालमा सबैभन्दा बढी प्रभावित जिल्ला हो, राजधानी काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म काठमाडौंमा मात्रै ८० हजार ७ सय २३ कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।
काठमाडौंमा मात्रै अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ३ सय ७ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंमा कोरोना संक्रमितको तथ्यांक हेर्दा यो नेपालको एक मात्र जिल्ला हो जहाँ १ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित ८० वर्ष माथिका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९१ जना पुरुष र ४ सय ८० जना महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ जो ८० वर्षभन्दा माथिका हुन् ।
त्यस्तै, काठमाडौंमा १० वर्षभन्दा कम उमेरका १ हजार ९ सय जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो उमेर समूहमा पनि सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएको जिल्ला हो, काठमाडौं ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।