गृहले गर्यो ३३ एसएसपीको सरुवा,  महानगरीय प्रहरी प्रमुखमा सिंह तथा ट्राफिक प्रमुखमा भट्टराई

नेपाल प्रहरीले विभिन्न कार्यालय तथा विभागका प्रमुखका रुपमा कार्यरत ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।  गृह मन्त्रालयले शुक्रबार सरुवा सूची प्रकाशित गरी एसएसपीहरुको स्थानान्तरण गरेको हो ।  

नयाँ सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् भने यसअघिका प्रमुख श्यामलाल ज्ञवाली भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा पुगेका छन् ।

यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्य पुगेका छन् । यसअघि ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ । 

महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन् । यसअघि ट्राफिक कमाण्ड सम्हालेका एसएसपी भीम ढकाल प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा पुगेका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १४:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया