नीति र नेतृत्वबीच तालमेल नमिल्दा देश भद्रगोलतर्फ : डा. भट्टराई
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिका एजेन्डा अपहरणमा परेपछि मुलुकमा अहिलेको अवस्था सिर्जना भएको तर्क गरेका छन् ।

वृहत् शान्ति सम्झौताको १५ वर्ष पुगेको दिन शुक्रबार ट्वीट गर्दै उनले उक्त सम्झौतालाई स्मरण गर्दै नीति र नेतृत्व नमिलेपछि नेपालमा अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गरेका हुन् ।

उनले नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढ्नुपर्ने तर्कसमेत गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहद शान्ति–सम्झौता (जसमा मधेस जनविद्रोहलगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश अघि बढ्दैन है,’ उनले लेखेका छन्, ‘नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढून् ।’





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १४:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया