नक्कली पिसिआर रिपोर्ट प्रकरणबारे छानबिन गर्न समिति गठन
प्रतीकात्मक तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पिसिआर रिपोर्ट प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर तीन पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन र कारबाहीको माग गर्दै कात्तिक २८ गते लेखेको पत्र अनुसार स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

पर्यटन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै पत्र लेखेको थियो । मन्त्रालयले विहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा. मुकुन्द शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण, महाशाखा, टेकुका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम सदस्य रहेका छन् । मन्त्रालयले समितिलाई २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।


 





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १५:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया