अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बाँकेले शुक्रबार मालपोल कार्यालय तुलसीपुर दाङका दुई कर्मचारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच गरी पुर्जादिने भन्दै लिँदै गरेको ३ लाख २० हजार रकम सहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय तुलसीपुरका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे रहेको आयोगले जनाएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै जग्गा नापजाँच गरी लालपुर्जा दिने भन्दै घुस मागेको भन्ने उजुरीका आधारमा आयोगले दुई कर्मचारीलाई पक्राउ गरेको जनाएको छ । आयोगका प्रमुख गणेश गैरेले विशेष सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुवै जनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।