हरियाणाका स्वास्थ्यमन्त्री भिजले लगाए कोरोना भाइरस विरुद्धको खोप

भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल भिजले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । उनले परीक्षणकै क्रममा रहेको  कोरोना विरुद्धको सम्भावित खोप ‘कोभ्याक्सिन’ लगाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनले शुक्रबार स्वास्थ्य विभागका विशेषज्ञ डाक्टरको टोलीको निगरानीमा भारतको बायोटेक कम्पनीले बनाएको कोरोना विरुद्धको सम्भावित खोप लगाइएको जानकारी दिएका छन् ।

भारतमा बायोटेक कम्पनीले इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आइसिएमआरको सहयोगमा कोरोना विरुद्धको खोप बनाइरहेको छ । 
कम्पनीले यही हप्ता यो खोपको तेस्रो चरणको परीक्षण २६ हजार स्वयंसेवकमा गर्ने जनाएको थियो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १६:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया