रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए

कञ्चनपुर बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मृत फेला परेका छन् । वडा अध्यक्ष कृष्णबहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

५५ वर्षीय रोकायाको शव सोही वडा स्थित किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको हो ।

घरभन्दा करिब एक किमि टाढाको जंगलमा झुन्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मृतक रोकायाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको छ । तर रोकायाले आत्महत्या किन गरे ? त्यसको कारण अझै खुल्न नसकेको सोधखोज जारी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । 

‘घटनास्थल मुचुल्काको काम सकेर शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका छौँ,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘आत्महत्याको कारण खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ ।’





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १६:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया