आयआर्जनमा सहयोग पुर्याउन कृषकलाई मौरीका घार

रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले  निःशुल्क रुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवर्द्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० वटा घार वितरण गरिएको हो । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरका कृषकलाई मौरीका घार वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा व्यावसायिक रुपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ जना किसानलाई दुई÷दुई वटाका दरले बिहीवार मौरीको घार प्रदान गरिएको नगरपालिकाका  प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । 

मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायत १७ प्रकारका सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिए । 

माहुरी स्रोत केन्द्र सञ्चालनबाट आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १६:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया