भारतीय विदेश सचिवले पनि प्रधानमन्त्री ओलीसँग भेट्ने

२६ नोभेम्बरमा नेपाल आउने भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने भएका छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादबीच भारतबाट आएका उच्चपदस्थ अधिकारीहरु सबैले प्रधानमन्त्री ओलीलाई भेट्न थालेका छन् । यसअघि भारतीय जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयल, भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभानेले पनि प्रधानमन्त्री ओलीलाई भेटेका थिए । 

रअ प्रमुख गोयलसँग भेट पछि नै नेकपामा विवादले अझ चर्को रुप लिएको थियो । 

भारतीय विदेश सचिवसँग प्रधानमन्त्रीले भेट्ने कार्यक्रम तय भइसकेको स्रोतले फरकधारलाई जनायो । भारतीय विदेश सचिवले नेपालमा परराष्ट्रसचिव, परराष्ट्रमन्त्रीलगायतलाई पनि भेट्ने छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २२:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया