नेपालमा कोरोनाभाइरसः काठमाडौंमा मात्रै १० वर्षमुनिका १९०० संक्रमित

नेपालमा कोरोनाभाइरसको प्रभाव बढ्दै गइरहेको छ । नेपालमा पछिल्ला दिनमा दैनिक सयौँको संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार अहिले नेपालमा ३० वर्षमाथिका र ५० वर्ष तलका सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित रहेका छन् । 

अनि नेपालका जिल्लाहरुमा काठमाडौं सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भएको जिल्ला हो । 

काठमाडौंमा सबै उमेर समूहमा कम्तिमा पनि एक हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांकअनुसार काठमाडौंमा १० वर्षमुनिका कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ९ सय १४ रहेको छ । 

यीमध्ये १ हजार १ सय २५ जना बालक हुन् भने ७ सय ८९ जना बालिका हुन् ।

उपत्यकाको कुरा गर्ने हो भने भक्तपुरमा २ सय ४१ १० वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा यो उमेर समूहका कोरोनाभाइरस संक्रमितको संख्या ३ सय १४ रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २३:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया