प्रचण्डले बालुवाटार नजाने अडान लिएपछि धूमवाराही पुगे ओली पक्षका नेता
फाइल तस्वीर ।

विवादले झन् उत्कर्ष रुप लिँदै गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही दिन यता दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका नेताहरु दौडधूपमा लागेका छन् ।

शुक्रबार मात्र ओली पक्षका तीन नेताले नेकपाका अध्यक्ष प्रचण्डलाई भेट गरेका छन् ।

नेकपामा विवाद निम्तिन थालेपछि पछिल्लो समय यसरी ओलीको सन्देश लिएर नेताहरु प्रचण्ड निवास खुमलटार पुग्ने गर्थे । तर, शुक्रबारका भेटहरु धूमवाराहीमा भए ।

नेकपाका एक केन्द्रीय सदस्यका अनुसार बिहीबार नै नेताहरुले प्रचण्डलाई भेट्न विभिन्न च्यानल प्रयोग गरेका थिए । प्रचण्डनिकट ती नेताका अनुसार उनीहरु प्रचण्ड र ओलीबीच शुक्रबार बालुवाटारमा वार्ता गराउन चाहन्थे ।

तर, प्रचण्डले उनीहरुलाई आफू बालुवाटार नजाने बताए । फलतः नेकपाका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सुवास नेम्वाङले प्रचण्डलाई शुक्रबार धूमवाराहीमा भेटे । 

‘उहाँहरु तिनै जनाले प्रचण्डलाई उहाँले सचिवालयमा राख्नुभएको प्रस्ताव फिर्ता  लिन अनुरोध गर्नुभएको थियो,’ ती नेताले भने, ‘तर, अहिले प्रधानमन्त्री ओली नै त्यसको जवाफ लेख्न लागेकाले प्रचण्डले त्यसलाई अस्वीकार गर्नुभएको हो ।’



यो पनि पढ्नुहोस्– 

३ कारण जसले संकेत गर्छन् ओली छन् ओरालोतिर



खुमलटार टु धूमवाराहीः प्रचण्डले के सन्देश दिन खोजिरहेका छन् ओलीलाई ?

प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने– परिस्थिति निकै गम्भीर छ

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २३:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया