नोभाक जोकोविच एटीपी टेनिसको सेमिफाइनलमा
फरकधार / ६ मंसिर, २०७७

विश्व नम्बर एक नोभाक जोकोविच एटीपी टेनिसको सेमिफाइनल पुगेका छन् । गएराति भएको खेलमा अलेक्जेन्डर स्वेरेभलाई सोझो सेटमा पराजित गर्दै चोकोविचले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । 

विश्व नम्बर एक जोकोविचले स्वेरेभलाई ६–३, ७–६ र ७–४ को सोझो सेटमा पराजित गरेका हुन । उनी यो सिजनको छैठौं उपाधि जित्ने दौडमा छन् । अन्तिम दुईमा पुग्नको लागि जोकोविचले शनिबार डोमिनिक थियमसँग प्रतिस्पर्धा गर्नेछन् ।  

यसअघि भएको अन्तिम चारको भिडन्तमा जोकोविच डानियल मेड्भेडेभसँग पराजित भएका थिए । शुक्रबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा एलेक्सान्डर स्वेरेभलाई सोझो सेटमा पराजित गर्दै उनी अन्तिम चारमा पुगेका हुन् । 
 

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार ७:८:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया