भारतीय ड्रग्स विवादः कमेडियन भारतीको घरबाट गाँजा बरामद

भारतको नारकोटिक्स ब्यूरोले शनिबार भारतकी चर्चित अभिनेत्री भारती सिंह र उनका पति हर्षको घरमा छापा मारेको छ । उनीहरुको घरबाट गाँजा बरामद भएको छ । 

भारतीय मिडियाका अनुसार गाँजा बरामद भएपछि भारतीलाई सोधपुछका लागि बोलाइएको छ । उनी प्रहरी कार्यालयमा पुगेकी छिन् । 

नारकोटिक्स ब्यूरोका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय मिडियामा भारतीय प्रहरीले अहिले गरिरहेको अनुसन्धानमा भारतीको नाम पनि चर्चामा आएको थियो । उनको घरबाट केही ड्रग्स बरामद भएको पनि भारतीय मिडियामा जनाइएको छ ।

भारती सिंह भारतमा कयौँ टिभी कार्यक्रमहरुमा देखिन्छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १६:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया