काठमाडौंमा थपिए ८ सय ९९ कोरोनाभाइरस संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र ८ सय ९९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

शनिबार संक्रमित भएकामध्ये ३ सय ८७ जना महिला र ५ सय १२ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यीमध्ये काठमाडौं जिल्लामा मात्र ६ सय ८५ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । त्यस्तै, भक्तपुरमा ४९ जना र ललितपुरमा १ सय ६५ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । देशभर कोरोनाभाइरस संक्रमित १ हजार ६ सय ७४ जना थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण ७ जनाको निधन भएको छ । त्यस्तै, यो समयमा २ हजार ३ सय २३ जना कोरोना निको भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १८:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया