भारतीय कमेडियन भारती गिरफ्तार

भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार कमेडियन भारतीय सिंहलाई लामो सोधपुछका लागि गिरफ्तार गरेको छ । शनिबार विहान नै भारती र उनको पति हर्षको घरमा प्रहरीले छापा मारेको थियो । छापामारीमा उनीहरुको घरमा गाँजा भेटिएको थियो ।

यही गाँजा भेटिएकाले र केही ड्रग्स भेटिएकाले प्रहरीले उनलाई गिरफ्तार गरिएको हो ।

भारतीलाई पक्राउ गरिएको पुष्टि भारतीय प्रहरीले गरेको छ । उनले आफू र पतिले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेकी छिन् । 

भारतीलाई गिरफ्तार गरिए पनि उनका पति हर्षलाई चाहिँ सोधपुछ मात्र गरिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २०:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया