नेपालमा कोरोनाभाइरसः राजा वीरेन्द्रका चिकित्सकको मृत्यु

ओम अस्पताल तथा रिसर्च सेन्टरका संस्थापक वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको मृत्यु भएको छ । उनलाई १५ दिनअघि कोरोनभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

शर्मा ७७ वर्षका थिए । 

कडा निमोनिया भएकाले उनलाई अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
 

मुडभरी तत्कालीन राजा वीरेन्द्र शाहको समयमा शाही चिकित्सकको भूमिकामा थिए । उनले वीर अस्पतालमा निर्देशकको भूमिकामा पनि काम गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २०:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया