दाङका थप दुई कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।
दुवैजनाको नेपालगन्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने घोराही उपमहानगरपालिका-९ का ६७ र तुलसीपुर उपमहानगरपालिका-९ का ६८ वर्षीय पुरुष छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार घोराहीका पुरुषमा कात्तिक २६ गते र तुलसीपुरका पुरुषमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
घोराहीका पुरुष संक्रमण पुष्टि भएपछि कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए । उनको शनिबार राति मृत्यु भएको हो । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो।
त्यसैगरी मधुमेह र निमोनियाले ग्रस्त बनाउपछि तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । उनको आइतबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।